गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - भारतसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ८ विकेटले जितेको छ ।
भारतले दिएको ९० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि जोय बन्सले ५१ र म्याथु वाडेले ३३ रन बनाए । यसअघि भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको खराब रेकर्ड बनायो । दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो ।
यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो । भारतलाई इतिहासकै न्यून स्कोरमा समेट्न अस्ट्रेलियाका प्याट कमिन्सले ४ र जोस ह्याजलउडले ५ विकेट लिए । ९ रनमा एक विकेट गुमाएको अवस्थाबाट खेल थालेको भारतले ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो ।
उसका मोहम्मद शामी घाइते भएका कारण अष्ट्रेलियालाई ९० रनको चुनौती दिएको थियो । ९ रन जोड्दा एक विकेट गुमाएर तेस्रो दिनको खेल थालेको भारतले १९ रन बनाउँदा महत्त्वपूर्ण ६ विकेट गुमाइसकेको थियो । भारतका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मयंक अग्रवालले सर्वाधिक ९ रन बनाए भने कप्तान विराट कोहली ४ रनमा आउट भए । भारतले पहिलो पारीमा दुई सय ४४ रन बनाएको थियो । उसका लागि विराट कोहलीले ७४, चेतेश्वर पुजाराले ४३ र अजिन्क्या रहाणेले ४२ रन बनाए ।
अस्ट्रेलियाले पहिलो पारीमा एक सय ९१ रन बनायो । उसका लागि टिम पेनले सर्वाधिक ७३ रन बनाए । त्यस्तै मार्नुस लाबुशेनले ४७ रनको योगदान गरे । जीतसँगै ४ टेष्टको शृङ्खलामा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।