एनपीएल आयोजना हुन्छ : क्यान अध्यक्ष चन्द

 पुष ४, २०७७ शनिबार १६:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताउनुभएको छ ।

लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको बताउनुभयो । शनिबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको पनि प्रष्ट पार्नुभएको छ ।

विश्वभर चर्चा पाउने गरी एनपीएल आयोजना गरिने पनि अध्यक्ष चन्दले बताउनुभयो । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनभएका डेभ वाटमोरको कारण क्रिकेट विकासमा टेवा पुग्ने अध्यक्ष चन्दले बताउनुभयो ।

क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनौट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत अध्यक्ष चन्दले बताउनुभयो । यस्तै निजी स्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानूनी दायरामा ल्याउने बताउनुभयो । सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसार फड्को मार्न नसकेको पनि अध्यक्ष चन्दले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया