ला लिगा : भ्यालेन्सियासँगको खेलमा बार्सिलोना बराबरीमा रोकियो, मेस्सीले राखे कीर्तिमान

 पुष ५, २०७७ आइतबार ७:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले भने पेलेको नाममा रहेको एकै क्लबबाट सबैभन्दा धेरै ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

३३ वर्षीय मेस्सीले पहिलो हाफको अन्तिममा डाइभिङ हेडरको साथमा याे कीर्तिमान राखेका हुन् । उनले प्रहार गरेको पेनाल्टी भ्यालेन्सियाका गोलरक्षक जाउमी डोमेनेचले बचाएपछि फर्किएको बललाई गोलमा परिणत गरेका हुन्।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा अल्बाकेटेका लागि गरेका थिए । पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलको सान्तोसमा रहेर १९ सिजनमाद ६ सय ४३ गोल गरेका थिए । मेस्सीले १५ सिजनमै यो सफलता हासिल गरे ।

तर, बार्सिलोना​ अंक तालिकाको मध्यतिर रहेको टोलीसँग बराबरीमा रोकिन पुगेकाे छ । बार्सिलोना अझै पनि शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछाडि छ । गएराति भएकाे खेलमा एल्चेलाई ३–१ गोलअन्तरले पराजित गरी एट्लेटिकोले २९ अंक बनाएको हो ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया