फिफाका पूर्व अध्यक्ष ब्लाटरमाथि फेरि भ्रष्टाचारको आरोप

 पुष ८, २०७७ बुधबार ६:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । जसका कारण उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ ।

स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले मोटो रकम भ्रष्टाचार गरेको ठहर गरेको छ । त्याे म्यूजियम बनाउने बेलामा ब्लाटरसहित अरु फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । ब्लाटर सन् २०१५ मा भ्रष्टाचारको आरोपका कारण पदबाट राजिनामा दिनुपरेको थियो । त्यो बेला विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनिएको थियो ।

८४ वर्षे ब्लाटर अध्यक्ष रहेका बेला चार सय २० मिलियन पाउण्ड खर्च गरेर म्यूजियम बनाइएको थियो । सन् २०१३ मा यो प्रोजेक्ट सुरु भएर दुई वर्षमा सकिएको थियो ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया