प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ विजयी

 पुष १४, २०७७ मंगलबार १७:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् ।

दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले वाग्मतीलाई ४६ रनले हराएको छ । प्रदेश १ ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको वागमती १६ ओभर ४ बलमा ६० रन बनाएर अलआउट भयो । वाग्मतीका लागि कञ्चन श्रेष्ठले १३ र सुमन खतिवडाले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश १ को लागि ङिमा तामाङले ३ र अप्सरी बेगमले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले रुविना क्षेत्रीको ५५ रनको मद्दतमा १ सय ६ रन बनाएको थियो । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले हराएयो ।

दाङको लमहीमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ६ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनाउन सक्यो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७ रन बनाएको थियो ।

उसका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाइन । गण्डकीका एलिसा लामिछाने र श्रृष्टी पौडेलले ३/३ विकेट लिए । समूह 'ए 'बाट लुम्बिनी र एपीएफ सेमिफाइलनमा पुगिसकेका छन् । समूह 'बी' का खेल आजदेखि सुरु भएका हुन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया