प्रधानमन्त्री कपकाे उपाधि प्रदेश १ लाई

 पुष १९, २०७७ आइतबार १४:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । दाङको लमहीमा भएको फाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो । 

प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो । एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

प्रदेश १ का लागि रुवीना क्षेत्री र एलिसा खडियाले दुई/दुई विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ र रुवीना क्षेत्रीले १८ रन बनाए । उपाधिसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको एपीएफले तीन लाख र सेमिफाइलनमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले २५/२५ हजार रुपैयाँ पाएका छन् । 

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।  

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया