गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – अस्ट्रेलियाको बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट हरिकेन्स मेलबर्न स्टार्ससँग पराजित भएको छ ।
मेलबर्नले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ६ विकेट गुमाएर एक सय ७३ रन मात्रै बनाउन सक्यो । उसका लागि बेन म्याकडर्मोटले सर्वाधिक ९१ रन बनाए भने डविड मलनले २६ र पिटर ह्याण्सकम्बले २१ रनको योगदान गरे ।
बलिङतर्फ मेलबर्न स्टार्सका साम रेनबर्डले दुई विकेट लिँदा बिल्ली स्ट्यानलेक, एडम जम्पा र लियाम ह्याचरले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले मार्कस स्टोइनिसको अविजित ९७ रनको मद्दतमा एक सय ८३ रन बनाएको थियो । यो खेलमा सन्दीप लामिछानेले चार ओभरमा ३६ रन दिएर एक विकेट लिए । सन्दीपले आफ्नो पूर्वक्लबका कप्तान ग्लेन म्याक्सेललाई एल बी डब्ल्यूमा आउट गरेका हुन् । साथै नाथन इलीसले तीन तथा रिले मेरेडिथले दुई विकेट लिए ।
यो हारसँगै होबार्ट हरिकेन्स १८ अङ्कका साथ तेस्रो स्थानमा झरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।