गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ - इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान पराजित भएको छ ।
गएराति भएको खेलमा इन्टर मिलान साम्पडोरियासँग २–१ गोल अन्तरले पराजित भएको हो । साम्पडोरियाको मैदानमा खेलको १२ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमा गोल गर्न नसक्दा इन्टर अग्रता बनाउन चुकेको थियो ।
सान्चेजको प्रहार साम्पडोरियाका गोलकिपरले उत्कृष्ट बचाउ गरे । तर, खेलको २३ औं मिनेटमा एन्टोनियो कान्द्रेभाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा किटा ब्लेडले गोल गर्दा घरेलु टोलीको अग्रता २९० को बन्यो । त्यसपछि खेलको ६५ औं मिनेटमा स्टेफानले एक गोल फर्काए पनि इन्टर २९१ ले पराजित भयो ।
साम्पडोरियासँग पराजित भएसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको इन्टरले १६ खेलमा ३६ अंक जोडेको छ । साम्पडोरिया २० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।