गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - इङ्ग्लिस फुटबल प्रतियोगिता एफ ए कपमा स्टोक सिटी लेस्टर सिटीसँग चार शून्य गाेलले पराजित भएको छ । जितसँगै लेस्टर खेलको चौथो चरणमा प्रवेश गरेको छ ।
स्टोकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको लेस्टरले ३४ औं मिनेटमा अग्रता बनाएकाे थियाे । लेस्टरका लागि जस्टिनले पहिलाे गोल गर्न सफल भए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरका लागि ५९ औं मिनेटमा ल्ब्राइटोनले दोस्रो गोल गरे । त्यसपछि ७९ औं मिनेटमा योजी पेरेजले गोल गर्दै टिमलाई तीन शून्यले अगाडि राखे । बारनेसले ८१ औं मिनेटमा गोल गरेपछि लेस्टरले चार शून्यको सहज जित निकाल्यो । यो खेलमा लेस्टरका मुख्य खेलाडी भार्डीले खेलेका थिएनन् ।
यस्तै अर्को खेलमा सेफिल्डले ब्रिस्टोल रोभर्सलाई तीन दुईले हरायो भने स्वान्से सिटीले स्टेभेनागलाई दुई शून्य गाेलले पराजित गर्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।