गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको छ । पुलिसलाई वाग्मती प्रदेशले सात विकेटले हराएको हो ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो । पुलिसका लागि सुनील धमला र कुशल भुर्तेलले समान १७/१७ रन जोडे । त्यस्तै दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१/२१ रन बनाए । अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् ।
वाग्मतीका तिलक भण्डारी र नन्दन यादवले चार/चार तथा रामनरेश गिरीले दुई विकेट लिए ।
जितका लागि एक सय १२ रनको लक्ष्य पाएको वाग्मतीले ३४ ओभर ४ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । उसका पृथु बाँस्काेटाले ४८ र इशान पाण्डेले अविजित १७ रन बनाए ।
बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।