गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको दोस्रो खेलमा वाग्मती प्रदेश विजयी भएको छ । वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै वाग्मती लगातार दोस्रो खेलमा विजयी भएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ९९ रन बनाएको थियो । उसका लागि पृथु बाँस्कोटाले ८४ र आदिल खानले ६३ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२–३२ रनको योगदान गरे ।
बलिङतर्फ सुदूरका नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान दुई–दुई विकेट लिए ।
तीन सय रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको सुदूर २१ ओभरमा एक सय १९ रन बनाउँदा अलआउट भयो । उसका नारायण जोशीले अविजित ४४ र अर्जुन साउदले ३१ रन बनाए पनि ६ खेलाडीले एक रन पनि जोड्न सकेनन् ।
बलिङतर्फ वाग्मतीका रामनरेश गिरीले चार विकेट लिँदा नारायण यादवले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।