गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – अस्ट्रेलियाविरुद्धकाे टेस्ट क्रिकेट शृङ्खला जितेको भारतीय क्रिकेट टोलीले भारु पाँच करोड बोनस पाउने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय साहले कठिन परिस्थितिमा भारतीय टिमले ठूलो उपलब्धि हासिल गरेकाले उनीहरूको हौसलाको लागि पाँच करोड रुपैयाँ बोनस दिने निर्णय गरेको बताएका छन् ।
नियमित कप्तान विराट कोहली, अलराउण्डर रविन्द्र जडेजा, बलर मोहम्मद शामी र रविचन्द्रन आश्विनलगायतका मुख्य खेलाडी नहुँदा पनि भारतले शृङ्खला जितेको हो । अस्ट्रेलियाले सन् १९८२ यता ब्रिस्बेन क्रिकेट मैदानमा टेस्ट खेल गुमाएको थिएन तर यस पटक भारतले ३२ वर्षको रेकर्ड तोड्दै तीन विकेटले खेल आफ्नो पक्षमा पारेको छ ।
भारतीय क्रिकेट टिमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व क्रिकेटर सचिन तेन्दुलकरलगायतले बधाई दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।