प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियाे, एस्टोन भिल्ला सिटीसँग पराजित

 माघ ८, २०७७ बिहीबार ७:५०:५९ | उज्यालो सहकर्मी

काठमाण्डाै - म्यानचेस्टर युनाइटेड पुनः इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै  म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि  एडिन्सन काभानीले २१ तथा पउल पोग्बाले ६५ औँ मिनेटमा गोल गरे । फुलह्यामका लुकम्यानल खेलको पाँचौँ मिनेटमा नै गोल गरे पनि टिमलाई जिताउन सकेनन् । जितपछि शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक भएको छ ।

फुलह्याम भने तालिकाको १८ औँ स्थानमा छ । 

यस्तै प्रिमियर लिग अन्तर्गत गएराति भएकाे अर्काे खेलमा एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । खेलमा म्यानचेस्टर सिटी २–० गोल अन्तरले विजयी भएको हो ।

म्यानचेस्टर सिटीका लागि बेरनार्डाे सिल्भाले खेलको ७९ औँ मिनेटमा र इल्केइ गुन्डोगानले ९० औँ मिनेटमा गोल गरे । जित म्यानचेस्टर सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया