पीएम कप : पुलिसले लुम्बिनीलाई दियाे ३११ रनकाे लक्ष्य

 माघ ८, २०७७ बिहीबार १३:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ओभरमा चार विकेट गुमाएर ३ सय १० रन बनायो ।

पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले सात चौका र एक छक्काको मद्दतमा १०४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरी र पवन शरार्फले अर्धशतक बनाए । दिपेन्द्र सिंहले ८५ तथा पवन शरार्फले ५० रन जोडे । यस्तै आरिफ शेखले २९ र अमित श्रेष्ठले २८ रन बनाए ।

लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक/एक विकेट लिए । आज दुवै टिम दोस्रो जितको खोजीमा रहेका छन् । अहिलेसम्म एक खेल खेलेको लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिसले एकमा जित र एकमा हार बेहाेरेकाे छ । 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया