राष्ट्रिय महिला लिग: नेपाल पुलिस क्लब र चौदण्डीगढीबीच खेल हुँदै

 माघ ९, २०७७ शुक्रबार १०:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै छ ।

सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा दिउँसो २ बजे यी दुई समूहबीचको खेल हुने भएको हो । आज नेपाल पुलिस क्लब र चौदण्डीबीचको खेलमात्रै हुनेछ ।

उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्त्वपूर्ण रहेको छ भने चौदण्डी पुलिसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

चौदण्डीको यो पहिलो खेल हो । जारी लिगमा एपीएफले हिजो चन्द्रपुरलाई ६-० गोलले हराएको थियो ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया