गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल पुलिस क्लब प्रधानमन्त्री एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाण्डौको मुलपानी मैदानमा प्रदेश २ लाई चार विकेटले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
प्रदेश २ ले दिएको एक सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर भेटायो । पुलिसको जितमा अनिल साहले ४७ र कुशल भुर्तेलले ४३ रन बनाए । प्रदेश २ का विवेक यादव र कुमार थापाले तीन/तीन विकेट लिए ।
साेमबार (आज) को नतिजासँगै समूह 'बी' बाट वाग्मती र पुलिस सेमिफाइनलमा पुगेका छन् भने सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ बाहिरिएका छन् । प्रतियोगितामा प्रदेश २ ले एउटा पनि खेल जित्न सकेन् ।
साेमबार नै कीर्तिपुरमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराएको छ । एपीएफले दिएको दुई सय ४१ रनको लक्ष्य पछ्याएको आर्मीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३४ रन मात्रै बनाउन सक्यो । आर्मीका लागि अनिल मण्डलले सबैभन्दा धेरै ४५ रन बनाए । एपीएफका कमल ऐरीले तीन र भुवन कार्कीले दुई विकेट लिए ।
यसअघि एपीएफले सुमित महर्जनको ४६ र सुवास खकुरेलको ३८ रन मदतमा दुई सय ४० रन बनाएको थियो । आर्मीका हरी चौहान एक्लैले पाँच विकेट लिए । याे जितसँगै एपीएफ आठ अङ्कसहित समूह 'ए' को विजेता बनेको छ । आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह 'ए' बाट कर्णाली, प्रदेश १ र गण्डकी बाहिरिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।