आर्मीले चन्द्रपुरलाई दश–शून्यले हरायाे

 माघ १६, २०७७ शुक्रबार १७:३५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई फराकिलो गोल अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई दश–शून्यले हराएको हो । आर्मीमा शर्मिला थापा र रश्मी घिसिङले चार/चार तथा विमला चौधरी र सपना लामाले एक/एक गोल गरे ।

शर्मिलाले खेलकाे १५, ३५, ५१ र ६४ औँ मिनेटमा गाेल गर्दा रश्मीले ५९ ६२ ६६ र ७५ औँ मिनेटमा गाेल गरिन् । साथै विमलाले खेलकाे तेस्राे मिनेटमा र सपनाले ४५ औँ मिनेटमा गाेल गरिन् । 

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलमा सात अङ्क जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको हो । चन्द्रपुरको चार खेलमा तीन अङ्क बटुल्दै छैटाैँ स्थानमा छ ।  

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया