प्रधानमन्त्री कप : आर्मीले एपीएफलाई दियो २ सय १२ रनको लक्ष्य

 माघ १७, २०७७ शनिबार १३:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको हो । आर्मीका हरि चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोडे ।

अनिल मण्डल र बिक्रम शोब समान ११/११ रन बनाए । एपीएफका अविनाश बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया