महिला लिगमा गाेलकाे वर्षा : एपीएफले चाैदण्डीगढीलाई २२–० ले हरायाे, सावित्रा एक्लैले १२ गोल गरिन्

 माघ १९, २०७७ सोमबार १७:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले उदयपुरको चौदण्डीगढीलाई फराकिलो अन्तरले हराएको छ । 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा साविक विजेता एपीएफले चौदण्डीगढी नगरपालिकालाई २२–० ले हराएको हो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले पाँच, उपकप्तान अनिता बस्नेतले तीन गोल तथा रेनुका नगरकोटी र सरु लिम्बुले एक/एक गोल गरे । 

जितसँगै एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । चौदण्डीगढीको यो लगातार छैटौं हार हो । अङ्कविहीन चौदण्डीगढी पुछारमा रहेको छ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया