गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
आउँदो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आठ जना खेलाडीले नाम पठाएको छ ।
क्यानले शुक्रवार एक विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो । क्यानका अनुसार सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरिको नाम आईपीएल अक्शनका लागि पठाइएको छ ।
सन्दीपबाहेक अन्य सात खेलाडी पहिलाे पटक अक्शसनमा परेका हुन् । सन्दीपले दिल्ली क्यापिटल्सबाट दुई सिजन खेलिसकेका छन् । गएकाे संस्करणमा भने सन्दीपले एक खेलमा पनि माैका पाएका थिएनन् । यसपालि दिल्लीले सन्दीपलाई नखेलाउने निर्णय गरिसकेकाे छ ।
विश्व क्रिकेटमा आईपीएललाई सबैभन्दा महँगाे र चर्चित लिग मानिन्छ, जहाँ विश्वभरका चर्चित खेलाडीहरू खेल्छन् ।
नेपालबाट आईपीएल अक्शनका लागि पहिलाे पटक यति धेरै खेलाडीकाे नाम पठाइएकाे हाे ।
यसपालि आठ सय १४ भारतीय र दुई सय ८३ विदेशी गरि जम्मा एक हजार ९७ खेलाडी अक्शनमा सहभागी भएका छन् । एसाेसिएट देशका २७ मध्ये नेपालबाट मात्रै आठ खेलाडी परेका हुन् ।
अक्शन आउँदाे फेब्रुअरी महिनाकाे १८ तारिखमा चेन्नईमा हुने बताइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।