चाैदण्डीगढीकाे पाेस्टमा एपीएफकाे १४ गाेल, सावित्रा एक्लैकाे आठ गाेल

 माघ २६, २०७७ सोमबार १६:४१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले अपराजित यात्रा कायमै राखेको छ । एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे खेलमा एपीएफले साेमवार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई चाैध–शून्य गोलले हराएको छ ।

एपीएफका लागि सावित्रा भण्डारीले आठ गोल गरिन् । सावित्राले खेलकाे चाैथाे,  १८ औँ, ३६ औँ,  ४३ औँ, ५३ औँ, ५६ औँ, ७२ औँ  र ८७ औँ मिनेटमा गाेल गरिन् ।

यस्तै अनिता केसीले २४ औँ र ४० औँ, अनिता बस्नेतले पहिलाे हाफकाे थपिएकाे समयमा र ६४ औँ मिनेटमा तथा अनु लामाले ७६ औँ र रविना गोलेले ७९ औँ मिनेटमा गाेल गरिन् । 

याे जितसँगै शीर्ष स्थानमा रहेको एपीएफको २१ अङ्क भएको छ । चौदण्डीगढीले अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन । प्रतियोगितामा मङ्गलवार त्रिभुवन आर्मी र वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्नेछन् ।  

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया