आजदेखि पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुँदै

 माघ २८, २०७७ बुधबार ८:४२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदैछ । फागुन १ गतेसम्म हुने  प्रतियोगितामा देशभरका तीन सय खेलाडीले आठ विधाका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

भरतपुरको कभर्डहलमा हुने प्रतियोगितामा पहिलो हुनेलाई  एक लाख १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई  ५५ हजार र तेस्रो हुनेलाई  १५ हजार नगद, ट्रफी र सम्मानपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले भाग लिनेछन् । प्रतियोगिताका लागि आठ लाख १९ हजार खर्च लाग्ने अनुमान छ ।   
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया