प्रिमियर लिग : म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३-० गोलले हरायो

 फागुन २, २०७७ आइतबार ६:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले ५३ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको लिसेस्टर सिटीले लिभरपुललाई ३–१ गोलले पराजित गरेको छ । लिसेस्टरले आफ्नो अङ्क सुधार गर्दै ४६ अङ्क बनाएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा १६ औँ स्थानमा रहेको बर्नलीले १३ औँ स्थानमा रहेको क्रिष्टल प्यालेसलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै बर्नलीको २६ अङ्क भएको छ । यस्तै गएराति नै ब्राइटन र एस्टोन भिल्लाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया