गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट भारतले तीन सय १७ रनले जितेको छ । चार सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड चौथो दिनको खाना समयअघि नै एक सय ६४ रन बनाउँदा अलआउट भएपछि भारत विजयी भएको हो ।
इङ्ल्याण्डका लागि मोइन अलीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै कप्तान जोए रुट ३३ रनमा आउट भए । भारतका अक्षर पटेलले पाँच, रविचन्द्रन अश्विनले तीन र कुलदीप यादवले दुई विकेट लिए ।
भारतले पहिलो पारीमा तीन सय २९ रन बनाउँदा इङ्ग्ल्याण्डको टोली एक सय ३४ रनमा अलआउट भएको थियो । यसरी भारतले पहिलो पारीको आधारमा एक सय ९५ रनको अग्रता बनाएको थियो ।
दोस्रो पारीमा भारतले अश्विनको सानदार शतकको मदतमा दुई सय ८६ रन बनाउँदा इङ्ग्ल्याण्डले चार सय ८२ रनको विशाल लक्ष्य पाएको थियो ।
दोस्रो टेस्ट भारतले जितेसँगै चार खेलको शृङ्खला एक–एकको बराबरीमा पुगेको छ । पहिलो टेस्ट इङ्ग्ल्याण्डले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।