स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकियो

 फागुन १०, २०७७ सोमबार ६:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ । 

गएराति भएको खेलमा बार्सिलोना र काडिजले १-१ गोलको बराबरी गरेका हुन् । 

खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि यसलाई जोगाइराख्न नसक्दा खेल बराबरीमा पुगेको थियो । 

खेलको ८९ औं मिनेटमा काडिजका एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बराबरीसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ। यस्तै, गएराति नै भएका खेलमा रियल सोसिडाड र हुएस्का विजयी भएका छन् ।

रियल सोसिडाडले एल्लाभेसलाई ४-०  गोल अन्तरले हरायो भने हुएस्काले ग्रानडालाई ३-२ गोल अन्तरले हरायो । यस्तै, एट्लेटिको बिल्वाओ र भिल्लारियलले भने एक/एक गोलको बराबरी गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया