गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - वेस्ट इन्डिजसँगको दोस्रो टी-ट्वान्टी क्रिकेट श्रीलङ्काले जितेको छ ।
आज भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ४३ रनले हराएको हो ।
श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज १८ ओभर ४ बलमा अलआउट भयो । वेस्ट इन्डिजले १ सय १७ रन मात्र बनायो । वेस्ट इन्डिजका ओबेड म्याककोएले सर्वाधिक २३ रन बनाए ।
लेन्डल सिमोन्सले २१, क्रिस गेल १६, कप्तान काइरन पोलार्डले १३ रन जोडे । श्रीलङ्काका हसरंगा डा. सिल्भा र लक्शान शन्दकानले ३/३ विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए । श्रीलङ्काले दनुष्का गुनाथिलकाको ५६ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
वेस्ट इन्डिजका ड्वाने ब्राभोले २ विकेट लिए । श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा वेस्ट इन्डिजसँग १–१ को बराबरी गरेको छ । पहिलो खेल वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।