‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन र श्री भगवती क्लब विजयी

 फागुन २२, २०७७ शनिबार १८:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएका खेलमा ब्वाइज युनियन र श्री भगवती क्लब विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा  ब्वाइज युनियन क्लबले टुसाल युथ क्लबलाई १–० गोलले हराएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ब्याइज युनियनलाई जिताउन मिलन लिम्बुले ७२ औं मिनेटमा गोल गरे । ब्वाइज युनियन चौथो स्थानमा र टुसाल आठौँ स्थानमा छन् ।

दोस्रो खेलमा श्री भगवतीले खुमलटार युथ क्लबलाई २–१ ले हराएको छ । खुमलटारका सबिन केसीले गोल गर्दै टिमलाई अग्रता दिए पनि जोगाउन सकेनन् । श्री भगवतीका लागि डोना थापा र आशिष श्रेष्ठले गोल गरे । श्री भगवती क्लबले १० खेलमा १२ अंक जोडेको छ । खुमलटारको २२ अंक छ,  आजको हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया