प्रिमियर लिग : लेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

 फागुन २३, २०७७ आइतबार ६:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गर्दै लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको हो । जितसँगै लेस्टर सिटीको २८ खेलबाट ५३ अङ्क भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा धकेलिएको छ । उसको ५१ अङ्क छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २७ खेलबाटै ६५ अङ्क छ ।

यस्तै, गएराति भएका अरु खेलमा साउथ ह्याम्पटनले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ । साउथ ह्याम्पटन ३३ अङ्कसहित १४ औँ स्थानमा छ । सेफिल्ड युनाइटेड १४ अङ्कसहित २० औँ स्थानमा छ ।

यस्तै, गएराति नै भएको खेलमा आर्सनल र बर्नलीले १–१ गोलको बराबरी खेलेका छन् भने एस्टोन भिल्ला र वुल्भ्सले गोलरहित बराबरी खेलेका छन् ।
 
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया