गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ – मेयर कप एकदिवसीय क्रिकेट प्रतियाेगितामा मङ्गलवार भएका खेलमा पुलिस र वाग्मती विजयी भएका छन् ।
र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएर पहिलो जित निकालेको छ । वाग्मती प्रदेशले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६ रनमा समेटियो । एपीएफका आशिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।
वाग्मतीका सोनु देवकोटाले ६, रामनरेश गिरी र अरियो पौडेलले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ३३ रन बनाएको थियो । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतकीय पारी खेले । नन्दनले ६० तथा मल्लले ५७ रन बनाए ।
यस्तै मूलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई तीन विकेटले हराएको छ । ८८ रनको लक्ष्य पाएको पुलिसले १८ ओभर तीन बलमा सात विकेट गुमाएर भेट्टायो । पुलिसका सुनील धमलाले सर्वाधिक ३९ रन बनाए । आर्मीका शाहब आलम एक्लैले सात विकेट लिए ।
पुलिसले आर्मीलाई हराएर दोस्रो जित निकालेको हो भने प्रतियोगितामा आर्मीको दोस्रो हार हो ।
मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर एक बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । उसका तीन खेलाडीले मात्र दोहोरो अङ्कको रन जोडे । पुलिसका सागर ढकालले पाँच, पवन सर्राफले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।