युभेन्ट्सलाई पछि पार्दै पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 फागुन २६, २०७७ बुधबार ७:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युभेन्टसलाई स्तब्ध पारेर एफसी पोर्टोले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

अन्तिम १६ को दोस्रो लिगमा मंगलबार राति युभेन्टससँग ३–२ ले पराजित भए पनि समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका आधारमा अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टसका लागि चिएसाले ४९ र ६३ औँ मिनेटमा तथा पोर्टोका लागि ओलिभेराले १९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । निर्धारित समयमा युभेन्टसको अघि रहे पनि अवे गोलका आधारमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

५४ औँ मिनेटमा तारेमी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको पोर्टोका लागि ओलिभेराले ११५ औँ मिनेटमा गोल गरे । ११७ औँ मिनेटमा राबिओटले गोल गरेर दोस्रो लिगमा युभेन्टसलाई जित दिलाए । तर उनको सो गोलले अवे गोलमा पोर्टोले लिएको अग्रता रोक्न सकेन ।

क्रिष्टियानो रोनाल्डोको टिम अन्तिम १६ बाटै बाहिरिन बाध्य भयो । रोनाल्डोले ४९ औँ मिनेटमा गोलका लागि सहयोग गरे पनि आफूले गोल भने गर्न सकेनन् ।

मंगलबार राति नै भएको अर्को खेलमा बोरुसिया डर्टमुण्ड र सेभिल्लाले २–२ को बराबरी खेले पनि समग्रमा ५–४ को जितसहित बोरुसिया अन्तिम ८ मा पुगेको छ ।
 

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया