नेपालले खेल्ने विश्व कप छनोटका बाँकी खेल कुवेतमा आयाेजना हुने

 फागुन २८, २०७७ शुक्रबार १५:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फिफा विश्व कप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने बाँकी खेल कुवेतमा आयोजना हुने भएको छ ।  एसियन फुटबल कन्फडेरेशन (एएफसी) ले नेपाल सहभागी रहेको समूह 'बी' का खेल कुवेतमा हुने जनाएको हो ।

कोरोना भाइरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेल न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेल आउने मे ३१ देखि जुन १५ सम्म हुनेछ ।

छनोटअन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यसअघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईग खेल्न बाँकी रहेको छ ।

समूह ’बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क रहेको छ । चाइनिज ताइपेईलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ ।   

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया