गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ ।
भारतले दिएको १२५ रनको लक्ष्य इङ्ग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो ।
योसँगै इङ्ग्ल्याण्डले पाँच टी-२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ग्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे ।
रोय र बट्लरले ओपनिङ गरेका थिए । यी दुई खेलाडीको बीचमा ७२ रनको साझेदारी भएको थियो । रोयले ३२ बल खेल्दा चार चौका र तीन छक्का प्रहार गरे । त्यसपछि डेभिड मलान र जोनी बेरिस्टोले नट आउट रहँदै इङ्ग्ल्याण्डलाई सहज जीत दिलाए । वेरिस्टोले १७ बलमा २६ रन बनाउँदा दुई छक्का र एक चौका प्रहार गरे ।
यसैगरी २० बलमा २४ रन बनाउँदा मलानले एक छक्का र दुई चौका प्रहार गरे । भारतका लागि युजबेन्द्र चहल र वासिङ्गटन सुन्दरले एक/एक विकेट लिए । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो ।
भारतको सुरुवात भने राम्रो रहन सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।