मेयर कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

 फागुन २९, २०७७ शनिबार १४:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हाे  । एपीएफले दिएको एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४ ओभर एक बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

पुलिसको जितमा सुनिल धमलाले ५९, दिपेन्द्रसिंह ऐरीले ११ र कुशल भुर्तेल तथा अनिल मल्लले समान १५/१५ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा अलआउट हुँदै एक सय पाँच रन बनायो । उसका वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । एपीएफलाई कम स्कोरमा समेट्न पुलिसका गुल्सान झा र सागर ढकालले ४/४ तथा पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।

विजेता बनेको पुलिस क्लबले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । काठमाण्डाै महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा पाँच समूह सहभागी थिए ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया