गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । मङ्गलवार (भोलि) देखि सुरु हुने प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको कप्तानी किरणले गर्ने र आई लिग खेल्न भारत गएका उनी साेमवार नै नेपाल आइपुग्ने जानकारी दिनुभयो ।
मुख्य प्रशिक्षक महर्जनले नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा रहेको बताउनुभयो । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनकाे अपेक्षा गर्न सकिने महर्जनको भनाइ छ ।
पत्रकार सम्मेलनमा उपकप्तान रोहित चन्दले घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको बताएका छन् ।
नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको त्रिदेशीय प्रतियोगिता मङ्गलवारदेखि सुरु हुँदैछ । पहिलो खेलमा मङ्गलवार बङ्गलादेश र किर्गिस्तानले खेल्दैछन् । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।