त्रिदेशीय फुटबल हेर्न पुग्ने दर्शकलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य

 चैत १०, २०७७ मंगलबार ११:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न पुग्ने दर्शकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने भएको छ ।

कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको हुँदा मापदण्डलाई अनिवार्य गरिएको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

तापक्रम नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनु पर्ने एन्फाले जनाएको छ । त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गिस्तानले खेल्दैछन् ।

नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गिस्तानसँग खेल्नेछ । यस्तै, दोश्रो खेल १४ गते बंगलादेशसँग खेल्नेछ । फाइनल खेल १६ गते हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया