गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – बङ्गलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानको यू–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा बङ्गलादेशले किर्गिस्तानलाई एक–शून्यले पराजित गरेकाे हाे ।
किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुवातबाट नै दबाब दिएर खेलेको बङ्गलादेशले अग्रता भने ३० औँ मिनेटमा पाएको थियो । ३० औँ मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले बल
क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बङ्गलादेशले अग्रता पाएको थियो । बङ्गलादेशको जितका लागि त्यही उपहार गोल नै निर्णायक बनेको हो । बङ्गलादेशका रक्षक मोहमद साद उडिनको क्रस बललाई क्लियर गर्ने क्रममा उलु बैमानको बलले जाली चुमेको थियो ।
सुखद सुरुवात गरेको बङ्गलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बङ्गलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पराजित किर्गिस्तानले बिहीवार नेपालसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।