गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - विश्वकप फुटबल छनाेट अन्तर्गत युरोपियन छनाेटको पहिलो खेलमा इङ्ग्ल्याण्डले सानदार सुरुवात गरेको छ ।
गएराति भएको खेलमा इङ्ग्ल्याण्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गर्यो ।
जितसँगै इङ्ग्ल्याण्डले तीन अंक जोडेको छ । यस्तै, गएराति नै भएका अरु खेलमा स्वीजरल्याण्ड, डेनमार्क, जर्मनी, अर्मेनिया, रोमानिया, स्वीडेन, इटली र अल्बानिया विजयी भएका छन् ।
जर्मनीले आइल्याण्डलाई ३-० गोल अन्तरले हराउँदा नर्थ म्याक्याडोनिया रोमानियासँग ३-२ गोल अन्तरले पराजित भयो । यस्तै, डेनमार्कले इजरायललाई र इटलीले नर्दन आयरल्याण्डलाई समान २-० गोल अन्तरले हराए । यस्तै, स्वीडेनले जर्जियालाई, अल्बानियाले एन्डोरालाई र अर्मेनियाले लिच्टेनस्टेनलाई समान १ -० गोल अन्तरले पराजित गरे ।
स्कटल्याण्ड र अस्ट्रियाले दुई/दुई गोलको बराबरी खेले भने स्पेन र ग्रीसले एक/एक गोलको बराबरी खेले ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।