गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यू-१६ काे उपाधि अकिजुविन राउत र सर्भानी श्रेष्ठले प्राप्त गरेका छन् ।
मण्डीखाटारमा रहेकाे टेनिस कोर्टमा आइतवार भएकाे यू-१६ पुरुषतर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २-१ सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३-६ ले गुमाएका थिए ।
अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६-४ को सेटमा स्तब्ध बनाउँदै उपाधि जितेका हुन् ।
यस्तै महिला यू-१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २-० को सोझाे जित निकालिन् । सर्भानीले दुवै सेट ७-५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । दुवै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारेका छन् ।
विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घले लगायतले पुरस्कार वितरण गरेका थिए ।
त्यही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । संघकी अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गर्नुभयो ।
फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाइमा पनि सहयोग पुग्ने बताउनु भयाे । पूर्वएआइजी भण्डारीले आइएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा देशभरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए ।
महिलातर्फ ४५ र पुरुषतर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आइएमई फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।