ललितपुर मेयर कप महिला क्रिकेट : एपीएफले ललितपुरलाई १० विकेटले हरायाे

 चैत २४, २०७७ मंगलबार १६:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – ललितपुर मेयर महिला टी–२० क्रिकेटको मङ्गलवारकाे पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपीएफले नौ ओभर एक बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । एपीएफका लागि राजमती शाहीले ३३ र इन्दु बर्माले २८ रन बनाए । प्रतियाेगितामा एपीएफको यो लगातार तेस्रो जीत हो ।

यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले सबैभन्दा धेरै १७ रन बनाइन् । एपीएफकी बिनु बुढाले चार विकेट लिइन् ।

दोस्रो खेलमा अहिले प्रदेश १ र सुदूरपश्चिम खेलिरहेका छन् । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया