आईपीएल क्रिकेटमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हरायो

 चैत २९, २०७७ आइतबार ७:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको छ ।

हिजाे राति भएको खेलमा चेन्नेईले दिएको एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका शिखर धवनले ८५ तथा पृथ्वी शाले ७२ रनको अर्धशतकीय पारी खेले । चेन्नेईका शार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए । यसअघि, मुम्बईमा टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

चेन्नेईका सुरेश रैनाले ५४ रनको अर्धशतकीय पारी खेलेपनि टिमलाई जिताउन सकेनन् । दिल्लीका क्रिस वाक्स र अभेष खानले दुई/दुई तथा रविचन्द्रन आश्विन र टोम कुरानले एक/एक विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया