आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित, कोलकता १० रनले पराजित

 वैशाख १, २०७८ बुधबार ८:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –   इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ ।

चेन्नईमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । मुम्बइले दिएको एक सय ५३ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको कोलकताले पूरै ओभरको खेल खेल्दा ७ विकेट गुमाएर एक सय ४२ रनमात्रै बनाउन सक्यो ।

मुम्बईको जितका लागि सबैभन्दा धेरै सूर्यकुमार यादवले ५६ रनको अर्थसतकीय इनिङ्स खेलेका थिए । उनले ३६ बलमा ७ चौका र २ छक्का हानेका थिए । यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको मुम्बई कोलकतासँगको खेलमा भने विजयी भएको हो ।
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया