गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ – त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल अन्तर्गत नेदरल्याण्ड्सँगको खेल जित्न नेपालले एक सय ३७ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्ले २० ओभरमा चार विकेट गुमाएर एक सय ३६ रन बनायो । उसका लागि बास दि लिडीले सर्वाधिक ४१ रन बनाए । नेपालका सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिएर दुई विकेट लिए । यस्तै सोमपाल कामी र शाहब आलमले एक/एक विकेट लिए ।
आजको खेलमा नेपालबाट नेपालका आसिफ शेख, शाहब आलम र कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा डेब्यु गरेका छन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने भनिए पनि त्रिवि मैदानमा उल्लेख्य दर्शक पुगेका छन् ।
त्रिकोणात्मक शृङ्खला नेपाल, नेदरल्यान्ड्स र मलेसिया रहेका छन् । नेपालले पर्सि मलेसियासँग र ७ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलाको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।