आईपीएलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायाे

 वैशाख ६, २०७८ सोमबार ६:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ।

गएराति भएको खेलमा पञ्जाब किग्ङ्सलाई ६ विकेटले हराउँदै दिल्लीले दोस्रो जित निकालेको हो ।

पञ्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय पारी खेले । यस्तै पृथ्वी शले ३२, कप्तान ऋषभ पन्तले १५,  मार्कुस स्टोनिस २७, ललित यादवले १२ रन बनाए । पञ्जाबका झे रिचार्डसनले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । पञ्जाबका लागि ओपनरद्वय मायाङ्क अग्रवाल र कप्तान लोकेश राहुलले अर्धशतकीय पारी खेले। अग्रवालले ६९ र राहुलले ६१ रनको योगदान गरे पनि टिमलाई  जिताउन सकेनन् ।

जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म ३ खेल खेलेकामा २ मा जित र एकमा हार ब्यहाेरेकाे दिल्लीको ४ अङ्क छ । पञ्जाब भने लिगको सातौं स्थानमा रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया