नेपाल सुपर लिगमा काठमाण्डौ रेजर्सको विजयी सुरुवात

 वैशाख ११, २०७८ शनिबार १९:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल सुपर लिगमा काठमाण्डौ रेजर्सले विजयी सुरुवात गरेको छ ।

आजदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाण्डौ रेजर्सले ललितपुर सिटीलाई १–० गाेलले हराएको हो ।

काठमाण्डौ रेजर्सका मेस्सुके ओलोउमोउले खेलको ६६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । कोरोना महामारीको कारण खेल हेर्न दर्शकलाई रङ्गशालामा प्रवेश दिइएको छैन ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्राविधिक सहयोग गरेको सुपर लिगमा ७ टिम सहभागी छन् । काठमाण्डौ रेजर्स, ललितपुर सिटीसहित प्रतियोगितामा धनगढी एफसी, विराटनगर सिटी एफसी, बुटबल लुम्बिनी एफसी, चितवन एफसी र पोखरा थन्डर्स रहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छन् । उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया