जडेजा चम्किँदा चेन्नईले बेङ्गलाेरलाई हरायाे

 वैशाख १२, २०७८ आइतबार १९:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रविन्द्र जडेजा चम्किँदा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले राेयल च्यालेन्जर्स बेङ्गलाेरलाई हराएकाे छ । मुम्बईमा आइतवार भएकाे पहिलाे खेलमा चेन्नईले बेङ्गलाेरलाई ६९ रनले हराएकाे हाे । 

रविन्द्र जडेजा ब्याटिङ र बलिङ दुवैमा चम्किएपछि बेङ्गलाेरले हार बेहाेरेकाे हाे । याे हारसँगै बेङ्गलाेरकाे अपराजित जितकाे यात्रा पनि ताेडिएकाे छ, लगातार चार खेल जितेकाे बेङ्गलाेर पाँचाैँ खेलमा पराजित भएकाे छ । ​चेन्नईले अन्तिम ओभरमा ३७ रन जाेड्दा जडेजाले पाँच छक्का र एक चाैका प्रहार गरे ।

चेन्नईले दिएकाे एक सय ९२ रनकाे लक्ष्य पछ्याएकाे बेङ्गलाेरले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै एक सय २२ रनमात्र बनाउन सक्याे । बेङ्गलाेरका लागि देवदत्त पडिक्कलले ३४ र ग्लेन म्याक्सवेलले २२ रन बनाए । 

बेङ्गलाेरलाई कम याेगफलमै राेक्न रविन्द्र जडेजाले चार ओभरमा एक मेडन राख्दै १३ रन दिँदा तीन विकेट लिए । यस्तै इमरान ताहिरले दुई विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे चेन्नईले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायाे । चेन्नईका लागि रविन्द्र जडेजाले २८ बलमा अविजित ६२ रन बनाए ।  

जितसँगै चेन्नई पाँच खेलमा आठ अङ्कसहित अङ्क तालिककाे शीर्षस्थानमा उक्लिएकाे छ । पाँच खेलबाटै आठ अङ्क जाेडेकाे बेङ्गलाेर भने रनरेटका आधारमा दाेस्राे स्थानमा छ ।  

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया