गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीले काठमाण्डौ रेजर्सलाई हराएको छ । दशरथ रङ्गशालामा मङ्गलवार (आज) भएको खेलमा धनगढीले काठमाण्डौलाई तीन–शून्यले हराउँदै पहिलो जित निकालेको हो ।
धनगढीका ओलावाले आफिजले दुई र टङ्क बस्नेतले एक गोल गरे । १० खेलाडीमा सीमित धनगढीले पहिलो हाफमै तीन गोल गरेको हो । रातो कार्ड पाएका धनगढीका रमेश दङ्गाल खेलको ६८ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
जितसँगै धनगढीले दुई खेलमा तीन अङ्क जोडेको छ । पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग तीन–शून्यले पराजित भएको थियो ।
प्रतियाेगितमा काठमाण्डौको यो पहिलो हार हो । पहिलो खेलमा ललितपुर सिटीलाई एक–शून्यले हराएको काठमाण्डौले दुई खेलमा तीन अङ्क जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।