सिकलसेलकाे उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले हराएको छ ।
दिल्लीमा राजस्थानले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । हैदराबादका लागि जोनी बेयर्स्टोले ३० र केन विलियम्सन्ले २० रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमान र क्रिस मरिसले तीन–तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । राजस्थानका लागि जोस बटलरले ६४ बलमा एक सय २४ रन बनाए भने सन्जु सामसनले ४८ रन बनाए । बलिङतर्फ हैदराबादका लागि सन्दीप शर्मा, राशिद खान र विजय शङ्करले एक–एक विकेट लिए ।
यो जितसँगै राजस्थान सात खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ भने सनराइजर्स उति नै खेलमा दुई अङ्कसहित पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।