सिकलसेलकाे उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनगर सिटी फुटबल क्लब राजधानीमा चलिरहेकाे नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भएकाे खेलमा विराटनगर सिटीले चितवनमाथि दुई–शून्यको जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्रामक खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थिए । त्यसपछि ८९ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । १० मिनेट इन्ज्युरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।
पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो । तर चितवनको अग्रपङ्क्तिले अवसरलाई सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको विराटनगरले चार खेलबाट सात अङ्क जोडेको छ । गोल अन्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्दै शीर्ष स्थान कायम गरेको हो । उता अङ्क गुमाएको चितवनले चार खेलबाट मात्र दुई अङ्क जोडेको छ । दुई खेलमा बराबरी र दुई खेलमा अङ्क गुमाएको चितवनले जारी लिगमा जितविहीन छ । यस्तै ललितपुर सिटी पनि लिगमा जितविहीन टोली हो ।
प्रतियोगितामा मङ्गलवार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाण्डाै रेजर्सबीच खेल हुनेछ । बुटवलले तीन खेलबाट पाँच अङ्क जोडेको छ भने काठमाण्डाै रेजर्सको समान तीन खेलबाट चार अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।