ट्विटर र फेसबुकको प्रतिबन्धपछि ट्रम्पको आफ्नै ‘कम्युनिकेशन प्लेटफर्म’

 बैशाख २२, २०७८ बुधबार ११:२०:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ ।

गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । सामाजिक सञ्जालमा रमाउने डोनाल्ड ट्रम्पले आफूलाई लगाएको प्रतिबन्धको विरोध पनि गर्नुभयो । तर केही नलागेपछि अहिले ट्रम्पले आफ्नै वेबसाइट बनाएर त्यसैमार्फत समाजिक सञ्जालमा जोडिन लाग्नुभएको छ ।

उहाँको नयाँ वेबसाइट 'ब्लग' जस्तै छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘कम्युनिकेशन प्लेटफर्म’ भनेका छन् । यो नयाँ प्लेटफर्मको नाम ‘फ्रम द डेस्क अफ डोनाल्ड जे ट्रम्प’ राखिएको छ । अब यो प्लेटफर्ममा गएर प्रयोगकर्ताहरुले ट्रम्पका पोस्टलाई लाइक गर्न र फेसबुक तथा ट्विटरमा सेयर गर्न सक्नेछन् । 

ट्रम्पका सल्लाहकार ज्यासन मिलरले केही समय पहिले नयाँ सामाजिक सञ्जाल लञ्च हुन गइरहेको बताउनुभएको थियो । तर मिलरले मंगलबार यो नयाँ वेबसाइट कुनै सामाजिक सञ्जाल नभएको भन्दै ट्वीट गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया