काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका धेरैजसो ठाउँमा बदली र वर्षा

 वैशाख ३०, २०८१ आइतबार ६:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अहिले बिहान काठमाण्डौ उपत्यका र गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्रदेशको पाल्पाभन्दा पूर्व देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा बर्षा भइरहेको छ ।

पर्साको मुडलीमा तीन घण्टामै ८१ मिलिमिटर भन्दा धेरै पानी परेको छ । पूर्वी तराईको धेरैजसो ठाउँमा पानी परेको छ ।

नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेकोले बदली र बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका सबैजसो ठाउँमा बदली भएर मध्य र पूर्वका धेरैजसो ठाउँमा बर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी बर्षाकोसमेत सम्भावना रहेको उहाँले बताउनुभयो ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । पहाडीमा मेघ गर्जन सहित चट्याङ तथा मध्य र पूर्वका धेरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया